Sajhamanch Archive

अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by .

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट दुई हजार ६०० जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।

गएको २५ नोभेम्बरमा त्यहाँ दुई हजार ३३२ जनाको मृत्यु भएको थियो। त्यसयता केही दिन घटेको दैनिक मृत्यु संख्या हिजो (मंगलबार)ह्वात्तै बढेको हो।  त्यहाँ गएको २१ अप्रिलमा एकै दिन सबैभन्दा बढी दुई हजार ७४४ जनाको मृत्यु भएको थियो। अप्रिलको दोस्रो र तेस्रो हप्ता प्रति दिन औषत २५ सय संक्रमितको मृत्यु भएको थियो। त्यहाँ अप्रिलमा संक्रमित र मृतकको संख्या उच्च विन्दुमा पुगेको थियो।

त्यहाँ सक्रिय संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। अहिले करीब ५४ लाख संक्रमित उपचाररत छन्। धेरै संक्रमित भेटिएका टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क लगायत राज्यमा अस्पतालहरु भरिभराउन छन्।

अमेरिकामा अहिलेसम्म एक करोड ४१ लाख ६ हजार संक्रमित फेला परिसकेका छन्। तीमध्ये दुई लाख ७६ हजार ९६५ जनाको मृत्यु भएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *