अन्तरसहकारी कारोवार अन्तर्गत पहिलोपाइला र टेवाको सहकार्य चामल
Published:
by .भद्रपुर । अन्तरसहकारी कारोवार अन्तर्गत झापाको पहिलो पाइला बहुदेश्यीय सहकारी संस्था लिमिटेड, भद्रपुर र टेवा कृषि सहकारी संस्था लिमिटेड कटुन्जे भक्तपुरको सहकार्यमा अन्तर सहकारी कारोवारको सुरुवात भएको छ ।
अन्तर सहकारी कारोवार अन्तर्गत विभिन्न तौलमा चामल प्याकेजिङ गरी वजार सम्म पुर्याउने कामको थालनी भएको हो । यसरी सुरुवात गरिएको अन्तरसहकारी कारोवारबाट कृषकको धान नविक्ने र विचौलियाबाट ठगिने समस्या समाधान हुने भएको छ । विगततमा किसानले उत्पादन गरेको धानले मुल्य मात्र नपाएको होइन बजार ब्यवस्थापनमा समेत समस्या देखिएको थियो । यसरी अन्तरसहकारी कारोवार सुरु भए सँगै कृषकले धानको मुल्य मात्र हैन सहकारीले लिने मुनाफाको केही हिस्सा समेत कृषकले पाउने भएका छन ।
साना किसानहरुबाट उत्पादित धान कृषकहरुको खेतबाटै उठाएर प्रसोधन गरी वजार ब्यवस्थापन गर्ने र विचौलियाको मनोमानिको अन्त्य हुने वताउँदै भक्तपुरको खाद्य तथा तरकारी वजारसँग समन्वय गरेर राजधानी भित्रको वजार व्यवस्थापन गरिने टेवा कृषि सहकारी संस्था लिमिटेड सल्लाघारी भक्तपुरका लेखम समितिका संयोजक गंगा प्रसाद ख्याजुले बताए ।
सककारीले विचौलियाको अन्त्य गर्न भक्तपुरको टेवा कृषि सहकारी मात्र हैन मोरङको उर्लावारी नगरपालिकामा रहेको फक्ताङ्लुङ कृषि सहकारी पनि सहकार्यमा रहेको वताउँदै विचौलियाले वाधा पुर्याउन चलखेल वढेकाले सहकारीले सोझै कृषक सामु पुगेर गतिविधिलाई तिव्रता दिएको पहिलो पाइला बहुदेश्यीय सहकारी संस्था लिमिटेड भद्रपुरका खाद्यान्न ब्यवस्थापन उपसमितीका संयोजक पुष्प पोख्रेले जानकारी दिए ।
टेवा कृषि सहकारी संस्था लिमिटेडले विगतमा गाई पालन, वाख्रा पालनका क्षेत्रमा रहेर काम गर्दै आएको छ भने पहिलो पाइला बहुदेश्यीय सहकारी संस्था लिमिटेडले पनि सामुहिक खेतीको राम्रो अनुभव वटुलेको छ । टेवा कृषि सहकारी संस्था लिमिटेडले ब्यवसायिक कृषि प्रणालीलाई अगाडि वढाउँदै तरकारी खेतीलाई पनि अगाडि वढाएको छ । नुवाकोटमा ४० रोपनि जमिन खरिद गरेर विभिन्न ब्यवसायिक खेतिको सुरुवात गरेको टेवा कृषि सहकारी संस्था लिमिटेडकी सदस्य तथा कृषि ब्यवस्थापन समितीकी संयोजक हरिलक्ष्मी श्रेष्ठले जानकारी दिइन ।
चामल व्राण्डका विभिन्न तौलका चामलहरु वजारमा ल्याउन सफल यो अन्तर हकारी कारोवार नमुना कारोवारको रुपमा अवाडि ल्याइएको साथै यसै कारोवार वाट कृषको जिवनस्तर माथि उठाउन सकिने प्रसस्तै संभावनाहरु रहेको पहिलो पाईला बहुदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सनिपकुमार भुजेलले जानकारी दिए ।
सहकारीहरुको कारोवार एक अर्कामा सहकार्य गर्दै उत्पादक देखि उपभोक्ता विचको असमानतालाई चिर्दै अगाडि वढ्ने कुरामा राज्यले समेत सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक देखिएको छ । सहकारी सहकारी विचको सहकार्य र मुनाफा वाँडफाँडको प्रकृया पारदर्शी वनाउँदै लान सके राज्यको संमृद्धिको ढोका थप ब्यवस्थित ढंगले खुल्ने देखिन्छ ।
Comments