Sajhamanch Archive

प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

झापा । सुनको भाउ बुधबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबीको ९० हजार ५५० रुपैयाँ तोकेको छ ।

मंगलबार छापावल र तेजाबी सुनको भाउ प्रतितोला क्रमश ९० हजार पाँच सय र ९० हजार पचास रुपैयाँ थियो । सुनको अन्तर्राष्ट्रिय मूल्यमा आएको फेरबदलनै नेपाली सुन बजारमा मूल्य उतार चढाब हुने मूख्य कारण भएको व्यावसायीहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *