Sajhamanch Archive

नेकपा सचिवालय बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ ।

अब अर्को बैठक २० गते बस्ने तय भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ । मङ्गलबारको बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री ओली बैठक नै नबस्ने पक्षमा छन् तर अन्य सचिवालयका सदस्यले भने दुवै अध्यक्षको प्रस्ताव सचिवालयसहित अरू बैठकमा छलफल हुनुपर्ने धारणा राख्दै आएका छन् ।

मङ्गलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *