Sajhamanch Archive

राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ? : बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्विट गर्दै तनहुँको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका हुन् ।

गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन् । तर, गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । तनहुँमा पुल उद्घाटन गर्न सत्ताधारीहरूकै अवरोधलाई लिएर दालमा कालो देखिएको तर्क गरेका छन् ।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ? प्रधानमन्त्री केपी शर्मा ओली सरकारको के हो चाला ?’ उनले भनेका छन्, ‘रामचन्द्र पौडेल कै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है !’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *