Sajhamanch Archive

जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दैः मन्त्री घिमिरे

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जीवन शैलीका कारण क्यान्सर रोगका विरामी बढ्दै गएको बताएका छन् । धनकुटा जिल्ला अस्पतालबाट पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको आज उद्घाटन गर्दै मन्त्री घिमिरेले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको बताए ।

क्यान्सर रोग न्युनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेकाले मन्त्री घिमिरेले क्यान्सरको शंका लाग्नासाथ परीक्षण गर्न पनि आग्रह गरे ।

उनले जिल्ला स्तरबाट सेवा शुरु भएको जानकारी स्थानीय स्तर सम्म पु¥याउन जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई समेत आग्रह गरेका छन् । सुर्तीजन्य पदार्थ क्यान्सरको वहाव भएर आएकाले यसको नियमन र नियन्त्रण आवश्यक रहेकाले पालिकास्तरबाट सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्दै जानुपर्ने बताए । मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना बनाएको छ । उनले भने,‘ प्रदेश सरकार शिक्षण अस्पतालका लागि कानुनी प्रकृयामा लागेको छ ।’ चालु आर्थिक बर्ष भित्रमा धनकुटा जिल्ला अस्पतालाई १ सय वेडमा स्तरोन्नती गरिन उनले बताए ।

पाठेघरको मुखको निःशुल्क परीक्षण शुरु गरेकै दिन आज ७ जनाको नमूना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । नमूना संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने निर्देशक यादवले बताए ।

प्रदेश १ मा जिल्ला अस्पतालबाट पहिलो पटक सेवा शुरु गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *