Sajhamanch Archive

झापामा थप ३१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २१ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा मेचीनगरमा ६, बाह्रदशीमा ५, बिर्तामोडमा ४, शिवसताक्षीमा ३, दमक, भद्रपुर र कन्काईमा २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हल्दिबारी, अर्जुनधारा, कचनकवलमा १/१ र जिल्ला बाहिर ठेगाना भएका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

झापमा आज एकजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा दमक नगरपालिका वडा नं.२ का ६७ बर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *