Sajhamanch Archive

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो ।

बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८९ रनमा अल आउट भएको थियो ।

एक समय अष्ट्रेलियालाई अन्तिम ३६ बलमा ३९ रन आवश्यक हुँदा ४ विकेट हातमा रहेको थियो । कमजोर अन्त्यका कारण पराजित हुन पुग्यो । अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । ८२ बल खेलेका फिन्चले ७५ रन बनाए । त्यस्तै ३८ बल खेलेका म्याक्सवेलले ५९ रन बनाए ।

बलिङतर्फ भारतका लागि शर्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जस्प्रित बुमब्रा र नटराजनले दुई/दुई विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३०२ रन बनाउन सफल भएको थियो । भारतका लागि हार्दिक पाड्या, कप्तान विराट कोहली र रविन्द्र जडेजाले अर्धशतकीय पारी खेले । ७६ बल खेलेका पाड्याले ९२ रनको योगदान गरे ।

त्यस्तै ७८ बल खेलेका कोहलीले ६३ रन बनाए । भारतका लागि ५० बल खेलेका जडेजाले ६६ रन बनाउन सफल भएका हुन् । भारतका लागि सुभम गिलले ३३ रन बनाउँदा शिखर धावनले १६ रन बनाउन सफल भए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि एस्टोन अगरले दुई विकेट लिए । त्यस्तै जोस हजेल, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *