Sajhamanch Archive

रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न राष्ट्रपति पुटिनको निर्देशन

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार उनले अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले जनाएका छन् ।

रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक-५ दिइएको छ । बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *