Sajhamanch Archive

गोदवरीमा जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धनगढी। कैलाली जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति गोदावरी नगरपालिका– ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सुपप्र ०१००१ ज १२५४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

जीप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी छन् ।

बेलौरी नगरपालिका ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी २५ वर्षीया राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ । बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षीय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *