Sajhamanch Archive

विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् ।

यता, काङगेरी-२ आरोहणको अनुमति भने एक जना विदेशी आरोहीले लिएका छन् । सरकारले अहिले सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरेको छ । यद्यपि क्वारेन्टिनका प्रावधानमा अझै प्रष्ट हुन नसक्दा सोचेजति संख्यामा पर्यटक भित्रन भने सकेका छैनन् । सामान्यतयाः वीन्टर सिजनमा साना हिमाल आरोहण गरी वसन्त ऋतुका लागि सगरमाथासहित ठूला हिमाल आरोहणको तयारी गर्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *