Sajhamanch Archive

अझै १५ दिन सिनेमा हल नखुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन by .

अहिले फिल्म क्षेत्रबाहेक भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । आठ महिनादेखि सिनेमा हललगायत फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरिसकेको छ ।  चलचित्र विकास बोर्डसँगै फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन् । केही दिन अगाडि ६ वटा संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै फिल्म क्षेत्रलाई सञ्चालनको अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । तर, सरकारले भने अझै १५ दिन सिनेमा हल नखोल्ने भएको छ ।

हिजो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यावसाय तथा भीडभाड हुने व्यवसाय अझै १५ दिनसम्म बन्द गरिने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘सिनेमा हल तथा रात्रिकालीन व्यवसायहरू १५ दिनसम्म कडाइका साथ बन्द गरिनेछ । १५ दिनमा संक्रमणको अवस्था हरेर आवश्यकता अनुसार ती व्यवसायहरू सञ्चालनमा ल्याइने छ ।’

अझै १५ दिन सिनेमा हल नखुल्ने भएपछि फिल्मकर्मीहरु आक्रोशित भएका छन् । निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले अब आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अबको विकल्प कि आन्दोलनको तयारी गर । कि त पेशा, व्यवसायबाट विस्थापित हौं ।’ सरकारल फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको उनको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *