Sajhamanch Archive

झापामा थप ५९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र ३१ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा १ महिलासहित ४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ३ जना, हल्दीबारी गाउँपालिकामा ६ महिलासहित ११ जना, कचनकवल गाउँपालिकामा १ महिलासहित ३ जना, बाह्रदशी गाउँपालिकामा १ महिलासहित ३ जना, गौरादह नगरपालिकामा २ महिलासहित ४ जना, बुद्धशान्ति गाउँपालिकामा १ जना महिला, गौरीगञ्ज गाउँपालिकामा १ जना महिला, कमल गाउँपालिकामा ३ जना महिला र अन्य पालिका नखुलेकोमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *