Sajhamanch Archive

साना समस्यामा अल्झिए विकास हुन सक्दैन् : मन्त्री नेम्वाङ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ठूला र महत्त्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरिकन काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए ।

आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तीमा आठ वर्षपछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरूलाई उनले निर्देशन दिए । भौतिक पूर्वाधार देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक भएको बताए ।

समीक्षा बैठकमा आयोजना प्रमुखहरूले स्थानीयस्तरमा प्रभावित क्षेत्रका नागरिक र उपभोक्तालाई समितिहरूले विभिन्न माग राखी काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुकूल वातावरण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *