Sajhamanch Archive

कोरोनाविरुद्धको खोपलाई नाफाको माध्यम बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध नभएसम्म कोरोना महामारीबाट विश्व सुरक्षित हुन नसक्ने बताएका छन्।

संयुक्त राष्ट्र संघको कोभिड–१९ सम्बन्धी विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप निर्माणमा संलग्न कम्पनी र कोरोना खोप विश्व माझ पुर्‍याउन विशेष भूमिका निर्वाह गरिरहेको कोभाक्सको प्रशंसा समेत गरे।

प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा खोपलाई नाफाको माध्यम बनाउन नहुने बताएका छन्। उनले स्वास्थ्य सेवा प्रणाली, मानव जीवन रक्षा र दिगो स्वास्थ्य संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर नेपालले कोरोनाविरुद्धको लडाई लडिरहेको पनि महासभालाई जानकारी दिए।

भिडियो सन्देशमार्फत् सम्बोधन गरेका प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको तयारीमा नेपाल पनि अरु देशको जस्तै अवस्थामा रहेकाले उस्तै क्षति व्यहोर्नु परेको बताए। उनले अहिले नेपालले ठूलो संख्यामा अस्पतालहरुलाई कोरोना फोकस अस्पतालका रुपमा विकास गरिरहेको, सातै प्रदेशमा सरुवा रोगसम्बन्धी अस्पताल निर्माण सुरु गरेको र हरेक स्थानीय तहमा आधारभूत अस्पतालमा निर्माणको काम सुरु गरेको पनि बताए।

प्रधानमन्त्री ओलीले नेपालले विश्व स्वास्थ्य संगठनले तय गरेको गाइडलाइनअनुसार कोरोनाविरुद्ध जनचेतना फैलाउने काम गरिरहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *