बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण
Published:
by .काठमाडौं । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।
यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा जनाइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्याएसँगै क्रमश वितरण गर्ने बेलायतको तयारी छ ।
यो खोपको प्रयोगसँगै अस्पताल भर्ना भएका कोरोनाका बिरामीको मृत्युदर कम हुने र यसको प्रभावकारीता ९९प्रतिशसम्म हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ । अस्पतालहरुमा ७० प्रतिशतसम्म औषधिको भण्डारण गरेर मात्र सर्वसाधारणलाई खोप वितरण गरिने सरकारी अधिकारीहरुले जनाएका छन् ।
कोरोना संक्रमित बिरामी, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र सरकारी अधिकारीसँगै प्राथमिकता छुट्याएर सर्वसाधारणलाई खोप उपलब्ध गराउने समाचारमा जनाइएको छ ।
यता अमेरिकाका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउसीले बेलायतमा खोप स्वीकृतिको विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि माफी मागेका छन् । डा. फाउसीले बेलायतले खोपलाई स्वीकृति दिएसँगै त्यसको विश्वसनियतामा प्रश्न उठाएका छन् । उनले बेलायतका वैज्ञानिकहरुले गरेको अनुसन्धानप्रति आफूले आशंका व्यक्त नगरेको टिप्पणी गरे।
आफूले हतारमा खोप प्रयोगमा ल्याउँदा त्यसको प्रभावकारीतामा प्रश्न उठ्न सक्ने भन्दै सचेत मात्र गराएको बताए । बीबीसी
Comments