Sajhamanch Archive

एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

साउथ फिल्मका सुपरस्टार रजनीकान्त चाँडै राजनीतिमा होमिने तयारीमा छन् । उनले एक ट्विट गर्दै यही ३१ डिसेम्बरमा आफ्नो राजनीतिक पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । गएको केही वर्ष अगाडिदेखि नै उनी राजनीतिमा आउने अड्कल काटिएको थियो । तर, अहिलेसम्म उनी अभिनयमा सक्रिय छन् । राजनीतिमा आएपछि उनले फिल्मबाट सन्यास लिनसक्ने चर्चा छ ।

रजनीकान्तले गएको केही वर्षमा ‘कबाली, २.०, काला’ जस्ता सुपरहिट फिल्म दिएका छन् । यी फिल्मले उनलाई एसियाको महंगा हिरो समेत बनाएको छ । तर, पछिल्लो फिल्म ‘दरबार’ असफल भएपछि उनको पारिश्रमिकमा ठूलो असर परेको छ । यो फिल्म उनले ११८ करोड पारिश्रमिकमा साइन गरेका थिए । तर, फिल्म असफल भएपछि उनलाई ५८ करोड मात्र हात परेका थियो ।

‘दरबार’ भन्दा अगाडि रजनीकान्तले एक फिल्मका लागि ९० करोड पारिश्रमिक बुझ्ने गरेका थिए । जिएसटी मिलाएर पारिश्रमिक लिने गरेका उनले अब नयाँ फिल्ममा ९० करोड लिनेछन् वा ५८ करोड, त्यो भने हेर्न बाँकी छ । साउथ फिल्ममा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने दौडमा विजयले रजनीकान्तलाई उछिनेका छन् । उनी एक फिल्मका लागि सय करोड पारिश्रमिक बुझ्ने गर्दछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *