Sajhamanch Archive

सुनचाँदीको भाउ बढ्यो

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ ।

हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४५० कायम भएको छ । हिजो तोलाको ९२ हजार १५० कायम गरिएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० कायम भएको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *