Sajhamanch Archive

‘रअ’ प्रमुखको भ्रमणले थुप्रै रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए ।

जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी पुरानै कुरामा अड्किएर बसिरहेका छौं ।’ गोयल ‘रअ’ प्रमुखका रुपमा नभइ भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएको उनले बताए ।औपचारिक संवाद हुन नसकिरहेको बेला कूटनीतिमा व्यापारिक, धार्मिक मानिसहरु प्रयोग हुने बताए । ‘नाकाबन्दीको बेला हामीले तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीजीलाई पठाएको होइन, हिमालय थापा जानु भएको होइन र रु’ उनले भने ।

उनले गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट अपारदर्शी नभएको बताए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारले भेट भयो र योयो विषयमा वार्ता भयो भनेको भन्दै भने, ‘योभन्दा बढी पारदर्शीता हामीले कति खोज्छौं, सम्भव हुन्छ रु त्यो बेग्लै कुरा भयो ।’अनलाइन बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *