Sajhamanch Archive

रिलायन्स फाईनान्स १२ औं वर्षमा प्रवेश

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by .

झापा । रिलायन्स फाईनान्स लिमिटेड स्थापनाको ११ औं वर्ष पार गरि १२ औं वर्षमा प्रवेश गरेको छ ।

वि.सं.२०६६ असार २३ गते स्थापना भएको रिलायन्सले २०६६ मंसीर १८ गतेदेखि आर्थिक कारोबारको यात्रा सुरु गरेको हो । लोटस फाईनान्ससँग वि.सं.२०७१ बैशाख २५ गते  मर्ज भई संयुक्त कारोबार थालेको फाईनान्सले छोटो समयमानै आफूलाई मुलुकको स्थापित वित्तीय संस्थाका रुपमा परिचय दिन सफल भएको छ ।

फाईनान्सले वार्षिक उत्सवको अवसरमा दशवटा शाखा कार्यालयहरु सितापाईला शाखा, धनगढी शाखा, महेन्द्रनगर शाखा, कोहलपुर शाखा, अत्तरीया शाखा, दमक शाखा, बिर्तामोड शाखा, धुलाबारी शाखा, टाँडी शाखा र भैरहवा शाखाको संस्थाका अध्यक्ष श्री कुशप्रसाद मल्लीले डिजिटल माध्यमबाट विधिवत रुपमा उद्धघाटन गरी सेवा सुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैक बाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने ईजाजत प्राप्त गरेको फाइनान्सले स्थापना भएको १२ वर्षमै काठमाडौंको प्रर्दशनीमागर्मा मुख्य कार्यालय र २० वटा शाखा सञ्चालनमा ल्याई सकेको क्षेत्रीय प्रबन्धक जीवन श्रेष्ठले जानकारी दिए । संस्थाको हालको अधिकृत पूँजी एक अर्ब रहेको छ भने जारी पूँजी ८३,२४,१६,०६३ रहेको छ तथा कर्जा ४ अर्ब १८ करोड र निक्षेप ५ अर्ब ६० करोड रहेको छ ।

संस्थाले १२ औं वर्षमा प्रवेश गरेको अवसरमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्र्तगत विपन्न वर्गका लागि शिक्षा र स्वास्थ्य तथा त्यस्ता क्षेत्रमा संलग्न क्रियाशील संस्थाहरुलाई सहयोग गरेको छ ।

फाईनान्सले सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडौंको सलम्बुटार साँखु, काठमाडौस्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रीत गरिब तथा निमुखा घरबार विहिन सुस्त मनस्थिती भएका बालबालिकालाई आवश्यक पर्ने सामाग्री वितरण तथा लायन्स क्लव ईन्टरनेशनल ३२५ B2, लायन्स क्लब काठमाडौ युनाईटेड सेन्ट्रलसँगको सहकार्यमा माईती नेपाल काठमाडौलाई लत्ताकपडा वितरण गरेको हो ।

उक्त कार्यक्रममा रिलायन्स फाइनान्स लि.का अध्यक्ष कुशप्रसाद मल्ली, सञ्चालकहरु सुरकृष्ण बैद्य, रविकृष्ण श्रेष्ठ, उपेन्द्रबहादुर कार्की,तुल्सीप्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उपप्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ लगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

यसै अवसरमा संस्थाले विभिन्न सरकारी,गैरसरकारी तथा निजी कम्पनीहरुमा कार्य गर्ने कर्मचारीहरुको सुविधाको लागि उच्चतम प्रतिफलयुक्त Reliance Swabhalambhi Payroll Savings Account संचालनमा ल्याएको छ । यस खाताबाट देशका विभिन्न क्षेत्रमा आबद्धरही कार्य गर्ने विभिन्न तहका कर्मचारीहरुले यस संस्थामा संस्थागत रुपमा तलबी खाता वा स्वयमले व्यक्तीगत रुपमा खाता खोली कारोबार गर्न सक्नेछन ।

संस्थाले निक्षेप तथा कर्जाका अतिरित्त आफना सेवाग्राहीलाई मध्यनजर गरेर SCT Network ATM, विभिन्न रेमीटेन्स सेवाहरु, सी आस्वा ( C –ASBA) , IPS , Connect IPS, ABBS सेवा, Electronic Cheque Clearing (ECC), SMS Banking,  SCT MoCo (Sajilo Payments, Sajilo Life apps) लगायतका सेवासुविधाहरु प्रदान गर्दै आएको क्षेत्रीय प्रबन्धक श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *