Sajhamanch Archive

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

डा.शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *