अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन
Published:
by .काठमाडौं । बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ ।
बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ ।
अवैधानिक श्रमिकको विषयमा प्रतिनिधि सभामा बोल्दै बहराइनका श्रम तथा सामाजिक विकास मन्त्री जमील हुमेदंले ५३ हजार विदेशी श्रमिकको अवस्था सुधारिएको जनाएका छन् । उनले अन्य पाँच हजार एक सय ५५ श्रमिकले आफ्नो स्वइच्छा अनुरुप काम छोडेको बताए ।
यस्तै बहराइनमा कोरोना महामारीकै बीच आप्रवासी श्रमिकहरुको संख्यामा ३ दशमलव १ प्रतिशतले गिरावट आएको र यो वर्ष २ दशमलव ४ प्रतिशतका दरले राष्ट्रिय रोजगारीमा वृद्धि आएको हमेदंको भनाइलाई उद्धृत गर्दै गल्फ न्यूजले समाचार छापेको छ ।
अन्य खाडी देश जस्तै बहराइनले पनि स्वदेशी श्रमिकहरुलाई प्रोतसाहन गर्दै आप्रवासी श्रमिकहरुलाई कम गर्ने नीति अवलम्बन गरिरहेको गल्फ न्यूजले जनाएको छ ।
Comments