Sajhamanch Archive

अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ ।

शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । मनुका ओभलमा भारतले जितका लागि दिएको १६२ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो ।

अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्चले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै ड्रेकी सर्टले ३४ रन बनाउँदा मोइस हेनरीक्युसले ३० रन बनाए । बलिङतर्फ भारतका लागि युजभेन्द्र चहाल र टी नटराजनले समान तीन–तीन विकेट लिए । त्यस्तै दीपक चहारले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ५१ रनको योगदान गरे । भारतका लागि रवीन्द्र जडेजाले ४४ रन बनाउँदा सन्जु श्यामसनले २३ तथा हार्दिक पाण्ड्याले १६ रनको योगदान गरे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्युसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मिचेल स्ट्राकले दुई विकेट लिँदा आदम जाम्पा र सोप्सनले समान एक–एक विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *