Sajhamanch Archive

२९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *