बच्चालाई अनुशासन सिकाउने ७ सिर्जनशील तरिका
Published: (Updated: )
by .बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरी आजका बच्चाहरुलाई अनुशासनमा राख्नको लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ ।
पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे । यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो । तर आजको दिनमा त्यस्तो उपाय उपयुक्त हुँदैन ।
अनुशासन सिकाउने पुरानो परम्पराले अहिलेका बच्चाहरुलाई विद्रोही बनाउने गर्छ । तर केही सकारात्मक तरिकाहरु पनि छन् जसले बच्चालाई अनुशासित बनाउन मद्धत गर्छ ।
बच्चालाई खेलाउँदै नयाँ कुरा सिकाउनुहोस्
बच्चाहरु खेलप्रति बढी आशक्त हुन्छन् । उनीहरुलाई खेलै खेलमा नयाँ कुरा सिकाउन सकिन्छ । यसको लागि उनीहरुले घरमा फ्याँकेका सामान मिलाउनको लागि पनि खेलमा जस्तै गरेर सिकाउन सकिन्छ । यसले उनीहरुलाई कहिलै पनि नबिर्सनेगरी काम सिक्न सघाउँछ ।
बच्चाले कुनै पनि सामानलाई यहाँ वा त्यहाँ फ्याँकिरहेको हुन्छ भने खेलकै माध्यमबाट चीजलाई मिलाएर राख्न सिकाउनुहोस् । एक टाइमर राख्नुहोस् त्यस्ता चीजहरू व्यवस्थित राख्न सोध्नुहोस् । उनीहरूले समयमै काम सकिसकेपछि पुरस्कार दिनुहोस् ।
यदि बच्चाहरू धेरै नाटक गर्छन् भने
बच्चाहरूले अभिभावकसँग नाटक गर्ने गर्छन् भने तिनीहरू मानसिक रूपमा अस्वस्थ छ भनेर बुझ्दा हुन्छ । यस्तो अवस्थामा तिनीहरू कि त धेरै रिसाउँछन् वा धेरै दुःखी हुन्छन् । त्यस्तो बेलामा तिनीहरूलाई हप्काउनु ठीक हुँदैन । यस्तो अवस्थामा मानसिक रुपमा समेत समाधान गर्ने खालको उपचारविधि अपनाउनुपर्छ । तिनीहरूको भावनात्मक उतार चढावमा तपाईंको प्रेमले सन्तुलन राख्ने काम गर्छ ।
यदि बच्चाले आफूभन्दा सानालाई हैकम देखाउन थाल्छ
प्रायः जसो बच्चाहरूले आफ्ना साना बच्चाहरूलाई वा उनीहरूको कुरा सुन्नेलाई आफ्नो अधीनमा राख्न खोज्छन् । यस्तो अवस्थामा तपाईंले के गर्नुपर्छ ? बच्चाको सशक्तीकरणको लागि उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न दिए पनि आफूभन्दा साना बच्चासँग त्यस्तो व्यवहार देखाएको बेलामा भने उनीहरुलाई स्वतन्त्र छाड्नु हुन्न ।
यस्तो बेलामा सोही बच्चालाई आफ्नो सहायक काममा राखेर धेरै अधिकार दिन सकियो भने उसले पनि आफूभन्दा सानालाई अधिकार दिनुपर्छ भन्ने सिक्ने गर्छ । यसरी सहायक बनाएर दिने काम सकेसम्म उनीहरुले सजिलै गर्न नसक्ने काम दिनुपर्छ । यस्तो अवस्थामा तिनीहरू लगनशीलताका साथ त्यो काम गर्नमा व्यस्त हुनेछन् । तपाईंले देख्नुहुनेछ कि कसरी जिम्मेवारीले उनीहरूलाई राम्रो व्यवहारयुक्त बनाउन सक्छ ?
यदि बच्चाहरू खाना खानेबेलामा झगडा गर्छ भने
यदि बच्चाहरु खानाखाने बेलामा धेरै नाटक गर्छन् भने उनीहरुलाई ‘वन बाइट रुल’ नियम लागु गर्न सकिन्छ । सामान्यतया बच्चाहरूले खाना खान सुरु गर्नुअघि नाटक गर्न थाल्छन् । उनीहरूलाई माया गरेर खाना खुवाउन सकिन्छ । यदि बच्चालाई कुनै खान मन गरेन भने उसलाई नयाँ खानाको स्वाद चखाउन सकिन्छ । यस तरिकालाई अपनाउनको लागि केही राम्रो व्यवहार समेत गर्न सकिन्छ ।
यदि बच्चाहरु गृहकार्यलाई नै ठूलो मान्छन् भने
धेरै बच्चाहरू होमवर्क गर्न भनेपछि भाग्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई जबरजस्ती पढाउन राख्छन् । धेरैचोटि बच्चाहरूले कुनै न कुनै बहानामा भाग्न खोज्छन् तर जबरजस्ती ल्याएर पढाउन खोजिन्छ भने त्यसबाट उपलब्धि शून्य हुन पुग्छ । धेरै आमाबाबुले उनीहरूलाई राम्रो बच्चाहरूसँग तुलना गरेर प्रोत्साहन गर्न पनि चाहन्छन् जसले बच्चाहरूलाई अझ बढी चिढ्याउने काम गर्छ । बच्चालाई यसरी जबरजस्ती अध्ययन गराउन लगाउनुभन्दा उनीहरुको अध्ययनमा रुचि जगाउने वातावरण निम्त्याउनु पर्छ ।
यदि बच्चाहरू समयको महत्व बुझ्दैनन् भने
बच्चाहरूले समयको महत्व बुझ्दैनन् । तिनीहरू दुई मिनेटको लागि भन्दै २ घण्टासम्म खेल्न थाल्छन् । यदि त्यस्तो बानी बाल्यकालमा सुधारिएको छैन भने केटाकेटीहरू जीवनभर नै यस्तै हुन सक्छन् । उनीहरु समयको बारेमा अलमल्लमा पर्छन् । यदि बच्चाहरूले त्यसो गरे भने उनीहरुलाई पाठ सिकाउनु जरुरी हुन्छ ।
बच्चालाई झूट बोल्ने बानी परेको छ भने
बच्चाहरू एक काल्पनिक संसारमा बस्छन्, जसको कारण बिनाकारण उनीहरुमा झूट बोल्ने बानीको विकास भएको हुन सक्छ । यदि तपाईंको बच्चा कल्पना र वास्तविकता बीच भिन्न हुन सक्षम छन् भने वा वास्तविक जीवनसँग सम्बन्धित चीजहरूलाई बढाइचढाइ प्रस्तुत गर्छन् भने यस बानीबाट छुटकारा पाउन यो क्षमताको सही प्रयोग गर्न सिकाउनुहोस् । कथा लेख्न उसलाई उत्प्रेरणा दिनुहोस् ।
Comments