Sajhamanch Archive

भदौ २७ गते बिर्तामोडमा ‘अनमोल इभ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । दृष्टिविहीन महिलाहरुको सहयोगार्थ झापामा भदौ २७ गते अनमोल साँझ गरिने भएको छ ।

एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैयाँसम्म पारिश्रमिक लिने अनमोल केसीले दृष्टिविहीन महिलाहरुको सहयोगार्थ गरिने अनमोल साँझ बिना पारिश्रमिक ‘स्टेज पर्फमेन्स’ गरिदिने आयोजकले बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजना हुन लागेको ‘अनमोल इभ’ मा उनी नाच्ने छन् अनि गाउनेछन् । उनी आउने कार्यक्रममा संकलित रकम दृष्टिविहीन महिलाहरुको संगठनलाई दिइने इभेन्ट म्यानेजर कमल जिसीले पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

अनमोल यही भदौ २७ गते झापा आउने र ‘स्टेज पर्फमेन्स’ गर्ने आयोजक संस्था मोनिका इन्टरनेशनल ग्रुपका जिसीले जानकारी दिएका हुन् ।

‘दृष्टिविहीन महिलाहरुको सहयोगका लागि देशभर अनमोल इभ गरिँदैछ’ जिसीले भने, ‘झापामा नेपाली चलचित्र र कलाकारलाई माया गर्ने धेरै हुनुहुन्छ, त्यसैले पनि बिर्तामोडमा हाम्रो विशेष फोकस छ ।’

उक्त कार्यक्रमका लागि झापा पूर्वेली युवा क्लबले सहकार्य गर्ने भएको छ । क्लबका अध्यक्ष मनोज बुढाथोकीले सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । ‘कार्यक्रमबाट संकलित रकमबाट नेत्रहीनलाई सहयोग गर्ने उद्देश्य छ’, उनले भने, ‘सामाजिक कार्यमा क्लब सधैँ क्रियाशील छ ।’

‘अनमोल इभ’को पूर्व सन्ध्यामा विभिन्न चेतनामूलक सडक नाटकसमेत गरिने जनाइएको छ । लागुऔषध दुव्र्यसनी, ट्राफिक जनचेतना, शिक्षा तथा सञ्चारलगायतका विधामा सडक नाटक प्रस्तुत गरिने बताइएको छ भने स्थानीय कलाकारलाई समेत प्रोत्साहन गरिने बताइएको छ ।

देशभर ३६७ जना नेत्रहीन महिला रहेको कार्यक्रममा जानकारी दिइयो । सोही नेत्रहीन महिलाको नेतृत्वदायी संस्था नेपाल नेत्रहीन महिला संघलाई प्रत्येक कार्यक्रमबाट एक लाख रुपैयाँका दरले सहयोग प्रदान गरिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *