Sajhamanch Archive

नेकपा सचिवालय बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा सचिवालयको बैठक आज बस्दै छ ।

यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्ताव पेस गरेका थिए ।

त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका थिए ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *