Sajhamanch Archive

सचिवालय बैठकअघि ओली-प्रचण्ड छलफलमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । २५ दिन लामो संवादहीनता तोड्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ ।

आज नेकपाको सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यसकै तयारीअनुसार दुवै अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार निकट स्रोतले बतायो । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *