Sajhamanch Archive

फिल्म सुटिङकै क्रममा बलिउडका तीन कलाकारलाई कोरोना संक्रमण

Published: in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by .

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेपनि सरकारले सुरक्षा मापदण्ड अपनाएर काम गर्न निर्देशन दिएको थियो । यसैले, बलिउड चलचित्रका छायांकन धमाधम भैरहेका छन् । चलचित्र छायांकनका क्रममा कलाकारहरुमा कोरोना संक्रमण पनि देखिएको छ ।

चन्डीगढमा छायांकन भैरहेको चलचित्र ‘जुग जुग जियो’का मुख्य कलाकारहरुमा कोरोना पोजिटिभ देखिएपछि काम रोकिएको भारतीय मिडियाले बताएका छन् । चलचित्रका मुख्य नायक वरुण धवन, कलाकार अनिल कपुर र नितु कपुरलाई कोरोना संक्रमण भएको हो ।

यी तीन कलाकारमा कोरोना संक्रमण देखिएपछि चलचित्रको काम रोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको टिमले भने यस बिषयमा आधिकारिक जानकारी दिइसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *