Sajhamanch Archive

जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, सातजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by .

सुर्खेत । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित सातजना घाइते भएका छन् ।

जिल्लाको सिमकोट गाउँपालिका वडा नं.७,ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

डीएसपी सुवेदीका अनुसार मृत्यु हुनेमा सिमकोट गाउँपालिका वडा नं.७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट गाउँपालिका वडा नं.२ का २९ वर्षीय पारस बोहरा,नाम्खा गाउँपालिका वडा नं.१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो । जिप सडकभन्दा करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *