Sajhamanch Archive

चीन–अमेरिका सम्बन्ध बाइडेन कार्यकालमा कसरी अघि बढ्ला ?

Published: in विश्व समाचार by .

एजेन्सी । चीनलाई नियन्त्रित गर्नका लागि अमेरिकाले अघि सारेका अति कडा नियमहरु जे बाइडेनको कार्यकालमा घट्दै जाने विज्ञहरुले अनुमान गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको वार्षिक फोरममा बोल्दै उनीहरुले चीनप्रतिको अमेरिकी रणनीति आधारभूत रुपमा भने निकट भविष्यमै परिवर्तन नहुने धारणा राखे ।

‘बाइडेनले कार्यकाल सुरु गरेपछि अनिश्चिततालाई चिर्दै चीन–अमेरिका सम्बन्ध स्थिर अवस्थामा पुुग्नेछ किनकी अमेरिकी सरकारले धेरै आन्तरिम मामिलाहरु सल्ट्याउनुुुपर्नेछ,’ चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका सिनियर रिसर्च फेलो याङ सीयुले भने ।

नेशनल डिफेन्स विश्वविद्यालयको इन्स्टिच्युट फर स्ट्रयाटिजिक स्टडिजका पूर्वनिर्देशक याङ यीले दुुई पक्ष सम्बन्धमा डोनाल्ड ट्रम्प कार्यकालमा देखिएका अनिश्चितता भविष्यमा कम भएर जाने आँकलन गरे । रेन्मिन विश्वविद्यालयस्थित स्कुल अफ इन्टनेशनल स्टडिजका एशोसियट डिन जिन क्यारोङले बाइडेनको टिमसँग चिनियाँ अधिकारीहरुले अहिल्यै छलफल थालिसकेको बताए ।

‘चिनियाँ अधिकारीहरुले बाइडेनको टिमसँग नजिक हुने अवसरहरु छाडेका छैनन् । उनीहरुले वार्ता र सहमतिका लागि पनि राम्रो प्रयास गरेका छन्,’ जिनले भने,‘अमेरिकाभन्दा पनि दुुई पक्षीय सम्बन्धमा चीनले धेरै जोड दिने गरेको छ । चीनले दुुई पक्षीय सम्बन्धलाई उच्च महत्व दिन्छ ।’ त्यसैगरी, फुडान इन्स्टिच्युट अफ बेल्ट एन्ड रोड र ग्लोबल गर्भनेन्सका हुवाङ रेन्वेईले कोभिड १९ विरुद्धको लडाइँले दुुई देशीय सम्बन्ध सुधारमा भूमिका खेल्ने बताए ।

‘कोभिड १९ मा चीन र अमेरिकाबीच पूर्णत साझेदारी कठिन छ, तर राज्य तहमा समन्वय गर्न सकिन्छ । डब्ल्युुएचओमा अमेरिका फर्कन चिनियाँ समर्थन चाहिन्छ,’ हुवाङले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *