Sajhamanch Archive

अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिन : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने बताएका हुन् ।

“तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, “महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।”

उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए । “कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छैन,” ओलीको भनाइ उद्धृत गदै ती सदस्य भन्छन्, “स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ ? केका लागि बैठक चाहिएको हो ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *