कोरोना संक्रमणबाट बिर्तामोडमा एक महिलाको मृत्यु
Published:
by .विर्तामोड । झापा बिर्तामोडकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं २ की ४५ वर्षिया मन्जु मैनाली रहेकी छन् । उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको हो ।
उनी मंसिर १८ गते धरान गएकी थिइन् । त्यहाँ पिसिआर परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही भर्ना गरिएको थियो । मृतकको लाशलाई धरानबाट ल्याएर कनकाई माईमा नेपाली सेनाद्वारा अन्त्येष्टि गर्न लागिएको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या बिर्तामोडमा १३ पुगेको छ ।
Comments