Sajhamanch Archive

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ मा बस्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आजको वैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए । पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए ।

उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन । बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको छ । उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ ।

अब स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ । केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *