प्रदेश १ मा १२३ संक्रमित थपिए, २५१ जना डिस्चार्ज
Published:
by .विराटनगर । प्रदेश १ मा आइतबार थप १२३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३४, उर्लाबारी, सुन्दरहरैचा र पथरीशनिश्चरेमा २–२, सुनबर्षी, लेटाङ, रंगेली, बुढीगंगा, कानेपोखरी र बेलबारीमा १–१, झापाको दमकमा १६, झापा गाउँपालिकामा ६, मेचीनगरमा ४, गौरादह र विर्तामोडमा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ८, बराहक्षेत्रमा ३, गढी, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै इलामको इलाम नगरपालिकामा ७, देउमाईमा २, फाकफोकथुम र सुर्योदयमा १–१, ताप्लेजुङको फुङ्लिङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङ, भोजपुरको आमचोक र उदयपुरको रौतामाईमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार १७० पुगेको छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ बाट २५१ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ।
Comments