Sajhamanch Archive

अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतलाई

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्धको टी२० सिरिज एक खेल अगावै जितेको छ । तीन खेलको ओडिआई सिरिज २-१ ले हारेको भारतले टी२० मा भने लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

सिड्नी क्रिकेट ग्राउण्डमा आइतबार भएको दोस्रो टी२० मा घरेलु टोली अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले टी२० सिरिज आफ्नो पक्षमा पारेको हो ।

 अस्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । जवाफमा भारतले १९.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

भारतका लागि ओपनर शिखर धवनले ३६ बल खेल्दै ५२ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४० र केएल राहुलले ३० रनको योगदान गरे । हार्दिक पाण्ड्याले २२ बल खेल्दै अविजति ४२ रन बनाए । अस्ट्रेलियाका लागि ड्यानिएल साम्स, एन्ड्रु ताई, मिच स्वेप्सन र एडम जाम्पाले समान १ विकेट लिए ।

अस्ट्रेलियाका लागि उच्च स्कोर बनाउने क्रममा माथेइ वेडले सर्वाधिक ५८ रन बनाए । उनले ३२ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे । यस्तै स्टिभ स्मिथले ३८ बल खेल्दै ४६ रन बनाए । मोएसिस अनरिकेजले २६ र ग्लेन म्याक्सवेलले २२ रन जोडे ।

बलिङमा भारतका लागि सबैभन्दा किफायती बनेका टी नटराजनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र युजभेन्द्र चाहालले समान १ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *