Sajhamanch Archive

क्षुद्र ग्रहबाट ल्याइएको चट्टान अध्ययनका लागि जापान पठाइयो

Published: in विश्व समाचार by .

एजेन्सी । ड्युगु नामक क्षुद्र ग्रहबाट संकलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट संकलन गरी अध्ययनका लागि निरीक्षणपछि जापान पठाइएको छ।

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्युगुबाट संकलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो। सो यानले एक वर्ष सो क्षुद्र ग्रहको अध्ययन गरेको थियो।

हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमुनाहरू संकलन गरेको थियो।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्ट्रेलियाका सेनाको नियन्त्रणमा रहेको विशाल वुमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन्।

चट्टानको अवतरणपछि उक्त स्थानको खोजी हेलिकप्टरबाट गरिएको थियो। जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *