Sajhamanch Archive

नवोदय वहुदेश्यीय द्वारा मृतकका परिवारलाई राहत रकम उपलब्ध

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा स्थित श्री नवोदय वहुदेश्यीय सहकारी सस्थाले आफ्ना सदस्यलाई ऋण मिनाहाका साथै मृत्यु राहत खर्च उपलब्ध गराएको छ ।

गौरादह नगरपालिका वडा नम्वर ७ ग्वालडुव्वा निवासी संस्थाकी सदस्य पदम कुमारी दाहालले लिएको ५० हजार ऋण मिनाह गरेको हो । सदस्य पदम कुमारी दाहालको मृत्यु भएकाले उनले लिएको ऋण मिनाह गरी मृत्यु राहत खर्च वापत १४ हजार मृतकका श्रीमान लिलाबहादुर दाहाललाई संस्थाका अध्यक्ष दिलिपकुमार चापागाईले प्रदान गरे ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएको दाहाल परिवारमा शोक परेपछि दुई छोरी क्रियामा बसेका छन् । आफ्न्तले क्रिया नमानेपछि छोरीहरुले कुशको जनै लगाएर किरयामा बसेका सस्थाका अध्यक्ष चापागाईले जानकारी दिए ।

दाहाल परिवारले संस्थावाट कर्जा लिएर सब्जी पसल र सामान्य खेती किसानी गर्दै आएका सस्थाका उपाध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *