Sajhamanch Archive

अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।

क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गरे । यसअघि गत मार्चमा लकडाउन घोषणा गरिएको क्यालिफोर्नियामा लकडाउन खुकुलो हुने बितिकै कोरोना संक्रमितको संख्या बढेपछी राज्य सरकार लकडाउन गर्न बाध्य भएको हो ।

यसैगरी अमेरिकाकै सन्फ्रान्सिस्कोमा पनि आजबाट लागु हुने गरी २ साताका लागि लकडाउन घोषणा गरिएको छ । अमेरिकामा बिगत ३ दिनमा २ लाख ३० हजार कोरोना संक्रमित पुष्टी भएको छ एक सातामा दैनि २ हजार बढीको मृत्यु हुने गरेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *