Sajhamanch Archive

आयोजनाहरुको म्याद थप गर्न निर्माण व्यवसायी महासंघको माग

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ ।

महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन् ।कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताए । यस्तै २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरे ।

गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *