झापाका थप २१ जनामा कोरोना
Published: (Updated: )
by .बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २ महिला र २ पुरुष, मेचीनगरका ३ जना पुरुष, दमकका १ जना महिला र २ जना पुरुष,बाह्रदशी गाउँपालिकाका १ जना महिला र १ जना पुरुष, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका समान १-१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भद्रपुर, कनकाई, गौरादह, बुद्धशान्ति र कचनकवलमा समान १-१ जना पुरुषमा पनि संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, पालिका नखुलेका २ जना पुरुषमा पनि संक्रमण भएको छ ।
आज दमक नगरपालिका वडा नं.९ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइशोलेसनमा रहेकै बेला उनको मृत्यु भएको हो । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार १८२ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ८६४ रहेको छ ।
Comments