Sajhamanch Archive

भारतमा आज शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

Published: in विश्व समाचार by .

 भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको आव्हानमा भएको बन्दलाई विभिन्न ११ राज्य सरकारले पनि समर्थन गरेका छन् ।

पन्जाब, दिल्ली, राजस्थान, बंगाल, केरला, झारखण्ड, आन्द्र प्रदेश, तेलंगना, महाराष्ट्र, छत्तिसगढ र पुडुचेरीका राज्य सरकारले आन्दोलनलाई समर्थन गर्दै नरेन्द्र मोदीको केन्द्र सरकारमाथि दबाब बढाएका छन् ।भारत बन्द दिनभरका लागि आव्हान गरिएको भएपनि चक्का जाम भने दिउसो ३ बजेपछि खुल्नेछ । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारतमा जनसंख्यको ठूलो हिस्सा कृषिमा आधारित छ ।

सरकारले हालै ल्याएको कृषि सुधार योजनाको विरोधमा किसानहरु आन्दोलित भएका हुन् । सरकारी कानुनले आफुहरुको शताब्दीऔं पुरानो बजार व्यवस्थापन र नियन्त्रण प्रणाली बिग्रिने उनीहरुको तर्क छ । सरकारले कृषि क्षेत्रमा ठूला नीजि कम्पनी र साझेदारहरुलाई फाईदा पुग्ने योजना ल्याएपछि आम किसानहरु आन्दोलित भएका हुन् ।

खासगरी पन्जाब र हरियाणाका लाखौं किसान संघिय राजधानी दिल्लीमा धर्ना बसिरहेका छन् । आजको बन्दलाई केन्द्र सरकारमा विपक्षीको भूमिकामा रहेका विभिन्न १९ राजनीतिक दलहरुले साथ दिएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *