Sajhamanch Archive

बिर्तामोडका अशोकको मलेसियामा मृत्यु

Published: in समाज by .

विर्तामोड। झापाको बिर्तामोड–२ का अशोक खड्काको मलेसियामा मंगलवार सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको जोहोरभारुमा रहेको टिएसके कम्पनीमा कार्यरत खड्का सोमवार बेहुका खाना खाएर सुतेका थिए ।

खड्काको मंगलवार बिहान मृत्यु भएको खवर आएको परिवार श्रोतले जनाएको छ । अढाई बर्ष अघि बैदेशिक राजगारीको लागी खड्का काठमाण्डौं स्थित बसुन्धरामा रहेको टाइटलिक मेनपावर मार्फत विदेश गएका थिए ।

४५ बर्षका खड्का सोमवार सामान्य छाती दुखेर मेडिकल गएर फर्किएको भएपनि मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक खड्काको बिर्तामोड नगरपालिका २ मा दुई जना छोरा र श्रीमती रहेको भाई राजकुमार खड्काले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *