Sajhamanch Archive

सर्वदलीय बैठकमा सरकारकै आलोचना

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वदलीय बैठकमा सहभागीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसकेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका छन् ।

बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार बोल्ने अधिकांश सदस्यहरुले पछिल्ला गतिविधि सरकारको अकर्मण्यताको उपज भएको आरोप लगाएका थिए ।

जनताको असन्तुष्टिका कारण आन्दोलन भएको ठहर अधिकांश नेताहरुको छ । बैठकमा ओलीले कोभिडको महामारीको बेला प्रतिगामीले जलुस निकालेको बताउँदै आफ्ना सुझाव राख्न आग्रह गरेका थिए ।

यसैबीच नेपाली कांग्रेसले अहिले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन नसक्ने बताए ।

“सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतीअनुरुप सरकार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन,” उनले भने । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *