Sajhamanch Archive

प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेहरुमा सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ९७ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ९१, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ३४३ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *