Sajhamanch Archive

भारतमाथि अष्ट्रेलियाको जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको तेस्रो तथा अन्तिम टि–ट्वान्टीमा जित निकालेको छ । अष्ट्रेलियाले तेस्रो टि–ट्वान्टीमा भारतलाई १२ रनको अन्तरले हराएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको १८७ रनको फराकिलो लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनायो ।

यसअघिको दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको भारत तेस्रो खेलमा भने पराजित हुन पुगेको हो । भारतका लागि विराट कोहलीले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ८५ रनको योगदान गरे । त्यस्तै शिखर धवनले २८ रन बनाउँदा हार्दिक पाड्याले २० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि मिहेल सोपसनले तीन विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल, आन्द्रे टेय, सेन अबोट र आदम जाम्पाले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि म्याथुज वेड र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । ५३ बल खेलेका वेडले८० रन बनाए । त्यस्तै ३६ बल खेलेका म्याक्सवेलले ५४ रन बनाए । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले २४ रनको योगदान गरे ।

बलिङतर्फ भारतका लागि वासिन्टन सुन्दरले दुई विकेट लिए । त्यस्तै टी नटराजन र शार्दुलले एक–एक विकेट लिन सफल भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *