Sajhamanch Archive

झापामा थप २८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १४ जना पुरुष रहेका छन् ।

संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

त्यस्तै शिवसताक्षी नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा १ जना पुरुष, झापा गाउँपालिकामा १ महिलासहित २ जना र बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *