Sajhamanch Archive

विप्लव समूहले मोरङमा शिक्षक हत्याको जिम्मेवारी लियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ ।

मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट विज्ञप्ति जारी गर्दै समूहले घटनाको जिम्मेवारी लिएको हो ।

विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ । पटकपटक पार्टी विरोधी गतिविधि गर्न रोक्न र आफूलाई सच्याउन भनी सम्झाउँदा पनि उनले उग्र गतिविधि गरेको समूहको दाबी छ ।

मंगलबार बिहान ७ बजे घरबाट करिब ३ सय मिटर पर जंगलमा लगेर श्रेष्ठलाई बाँधेर घाँटी रेटी हत्या गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *