Sajhamanch Archive

युभेन्टसको सानदार जित

Published: in खेलकुद by .

एजेन्सी । इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोना माथि ३–० गोलको जित निकालेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन एमसीकेनले एक गोल गरे ।

खेलको १३ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । २० औं मिनेटमा एमसीकेनले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

५२ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । युभेन्ट्स समूह विजेता बनेको छ । समान अंक भएको बार्सिलोना समूहको उपविजेता बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *