Sajhamanch Archive

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यो महासन्धिलाई नेपालले पनि अनुमोदन गरिसकेको छ ।

महासन्धि अनुसार नै नेपालले सम्पत्ति शुद्धिकरण गठन गरेको छ । हरेक वर्ष भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रम हुँदै आएका छन् । तर, यति हुँदा हुँदै पनि नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन । केही समय अघि सार्वजनिक भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा भ्रष्टाचार झन् बढेको देखाएको थियो ।

प्रतिवेदनले सरकारले नै भ्रष्टाचारलाई संरक्षण दिइरहेको दाबी गरेको थियो । तर सरकारले भने यो प्रतिवेदन राजनीतिक पूर्वाग्रह राखेर बनाइएको भन्दै अस्वीकार गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *